मर्चवारमा भएको दुईदिने स्वास्थ्य शिबिरमा दुईहजारको निशुल्क उपचार

स्वास्थ्यआवाजडटकम, १७ वैसाख रुपन्देहीको दुर्गम मर्चवारमा भएको दुईदिने निशुल्क स्वास्थ्य शिबिरमा दुईहजार ११ जना बिरामीको स्वास्थ्यपरिक्षण भएको छ ।
तिमध्ये ११ सय १४ जना महिला र ८ सय ९७ पुरुष रहेको वताईएको छ । एक दिने भएपनि बिरामीको चाप बढी भएको कारण दुई दिन थप गराई उपचार गरिएको स्वास्थ्यमहाशाखा प्रमुख डा उमासंकर प्रसाद चौधरीले बताए ।
डा चौधरीका अनुसार अधिकास मा छालारोग पेट र महिला रोगी बढी भएको पाईएको बताए । गणतन्त्र दिवसको अबसरपारेर आयोजना गरिएको शिबिरमा बिषशज्ञ सहित स्वास्थ्यटोलीले सेवा दिएको थियो ।
प्रदेस स्तरीय शिबिरमा नाककान छाला पेट मुटु किडनी आखा दात रेडियोलोजिष्ट लगायतका टोलीलशिबिरमा संग्लन रहेको थियो ।
भैरहवा सदरमकाम वाट ४० किटोमिटर टाढा रहेको उक्त क्षेत्र भारतको सिमानजोडिएको छ। शिबिरमा सहभागि अधिकासंले सरकारको सबैक्षेत्रमा पछि परियो फेरीपनि आउन आग्रह गरेको स्वास्थ्यमहाशाखा प्रमुख चौधरीले बताए । शिबिरमा लुम्बिनी अञ्चल अस्पतालका मेसु डा कृष्ण खनालको नेतृत्वमा गएको स्वास्थ्यको टोलीले मर्चवारमा उपचार हुन नसकेका माईनर अप्रेशन लुम्बिनी अञ्चल अस्पतलमा उपचारको लागी बोलाएको बताए ।
उनले उक्त क्षेत्रमा शिबिर राखेर राम्रो उपलब्धी भएको बताए । प्रदेस ५का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले प्रदेसका सबै क्षेत्रमा सहज रुपमा सेवा पाउने ब्यबस्था गर्ने बताएका छन । हामी यो सुरु हो अब निरन्तरता दिने बताए । दुईदिन सम्म चलेको उक्त स्वास्थ्यशिबिरमा सबै निशुल्क भएको मन्त्री बरालले बताए ।
Comments
Post a Comment