स्वास्थ्यमा साढे ५६ अर्ब बजेट, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर
स्वास्थ्यआवाजडटकम, १५ वैशाख संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७५र०७६ को बजेट प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री खतिवडाले कुल बजेटको करिब ५६ अर्ब स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेका छन् । बजेटले स्वास्थ्य बीमा मुलुकभरी विस्तार गरिने, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाउने, सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सक सहितको स्वास्थ्य सेवा अनिवार्य गर्ने, अस्पतालहरूमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि १० करोड, सार्वजनिक सवारी साधनमा धुमपान निषेध लगायतका योजनालाई जोड दिएको छ ।
यी हुन् बजेटले छोएका स्वास्थ्यका विषय
-गर्भवती महिलालाई पोषणको पहुँचमा पुर्याउने र आमा सुरक्षा तथा मातृशिशु मृत्युुदर कम गर्नकालागि सरकारले दिँदै आएको यातायात खर्च दोब्बर ।
-२ वर्षभित्र प्रत्येक स्थानीय तहमा एक स्वास्थ्य संस्था स्थापना गर्ने ।
-प्रत्येक स्थानीय तहमा एक विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने ।
-स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि एकीकृत ऐन ल्याइने ।
-१२०० वडामा स्वास्थ्य संस्था स्थापनाका लागि ४ अर्ब बजेट । काठमाडौंमा मिर्गौला उपचार केन्द्र स्थापना ।
-दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्धारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने ।
-मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गरिने ।
-सार्वजनिक सवारी साधनमा ध्रुमपान निषेध
-आयुर्वेदिक विश्व विद्यालयका लागि १० करोड ।
- अस्पतालहरूमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने ।
स्वास्थ्यको कूल बजेट ५६ अर्व ४१ लाख ।
#श्रोत- हाम्रो डक्टर
Comments
Post a Comment