मर्चवारमा भएको दुईदिने स्वास्थ्य शिबिरमा दुईहजारको निशुल्क उपचार
स्वास्थ्यआवाजडटकम, १७ वैसाख रुपन्देहीको दुर्गम मर्चवारमा भएको दुईदिने निशुल्क स्वास्थ्य शिबिरमा दुईहजार ११ जना बिरामीको स्वास्थ्यपरिक्षण भएको छ । तिमध्ये ११ सय १४ जना महिला र ८ सय ९७ पुरुष रहेको वताईएको छ । एक दिने भएपनि बिरामीको चाप बढी भएको कारण दुई दिन थप गराई उपचार गरिएको स्वास्थ्यमहाशाखा प्रमुख डा उमासंकर प्रसाद चौधरीले बताए ।