Posts

मर्चवारमा भएको दुईदिने स्वास्थ्य शिबिरमा दुईहजारको निशुल्क उपचार

Image
स्वास्थ्यआवाजडटकम, १७ वैसाख  रुपन्देहीको दुर्गम मर्चवारमा भएको दुईदिने निशुल्क स्वास्थ्य शिबिरमा  दुईहजार ११ जना बिरामीको स्वास्थ्यपरिक्षण भएको छ ।  तिमध्ये ११ सय १४ जना महिला र ८ सय ९७ पुरुष रहेको वताईएको छ । एक दिने भएपनि  बिरामीको चाप बढी भएको कारण दुई दिन थप गराई उपचार गरिएको  स्वास्थ्यमहाशाखा प्रमुख डा उमासंकर प्रसाद चौधरीले बताए ।

प्रदेश ५ का सामाजीक मन्त्रीेको सम्पति २ लाख ७५ हजार नगद र १२ लाख ऋण

Image
स्वास्थ्यआवाजडटकम१६ जेठ प्रदेस नं ५ का सामाजीक मन्त्री सुर्दशन बरालले सम्पति बिबरण सार्वजानिक गरेका छन।  उनले आफनो र परिवारको संगोलमा भएको जग्गा सुन तथा नगद सार्वजानिक गरेका हुन ।मन्त्री बरालको  नगद  २लाख ७५ हजार १ तोला सुन १ लाखको सेयर र १२ लाख ऋण भएको  सार्वजानिक गरेका छन ।  मन्त्री बराललको नाममा एक मोटरसाईकल र २ वटा ल्याप्टप रहेको समेत बताएका छन। ल्यापटप पनि एक किनेको र एक उपहार आएको सार्वजानिक गरेका छन । वरालको रिडि ईन्भेन्डमेन्टमा १ लाखको सेयर रहेको मैत्री सहकारी संस्था गुल्मीमा ५ लाख  बिभिन्न ब्याक्ती संग ऋण सापटि ७ लाख र लु२०प३६७४ नंको  २लाख २९ हजारको मोटरसाईक रहेको समेत उल्लेख गरेका छन।

स्वास्थ्यमा साढे ५६ अर्ब बजेट, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर

Image
स्वास्थ्यआवाजडटकम, १५ वैशाख  संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७५र०७६ को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री खतिवडाले कुल बजेटको करिब ५६ अर्ब स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेका छन् । बजेटले स्वास्थ्य बीमा मुलुकभरी विस्तार गरिने, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाउने, सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सक सहितको स्वास्थ्य सेवा अनिवार्य गर्ने, अस्पतालहरूमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि १० करोड, सार्वजनिक सवारी साधनमा धुमपान निषेध लगायतका योजनालाई जोड दिएको छ ।